४ मंसिर काठमाडाैँ । धादिङको बेनिघाट-रोराङ गाउँपालिका ७ कृष्णभिरमा प्रकाश ढकालको शव फेला परेको हो। धादिङ जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको थियो।
त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको हो। स्याङ्जाको चापाकोट नगरपालिका ७ घर भइ हाल उनी काठमाडौं बस्ने गर्दथे। उनी गत शुक्रबार स्याङ्जाबाट काठमाडौं आएका थिए। त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खोचबाट शव सोमबार बाहिर निकालिएको थियो। उनकाे मोबाइल साथैमा रहेछ, निदारमा चोट देखिन्छ।शवको परिवारका सदस्यहरू आएर पनि सनाखत गरियो छ। घटना कसरी घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेको छ । थप विवरण अाउन बाकी छ ।