Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुर्गा प्रसाईँकाे नेतृत्व र युवा सङ्घको नेतृत्वमा हुने प्रदर्शन माइतीघर मण्डलामा गर्न नदिने निर्णय

दुर्गा प्रसाईँकाे नेतृत्व र युवा सङ्घको नेतृत्वमा हुने प्रदर्शन माइतीघर मण्डलामा गर्न नदिने निर्णय

जोईन खबर

४, मंसिर २०८०
  • 694
    SHARES
  • दुर्गा प्रसाईँकाे नेतृत्व र युवा सङ्घको नेतृत्वमा हुने प्रदर्शन माइतीघर मण्डलामा गर्न नदिने निर्णय

    ४ मंसिर काठमाडाैँ ।  दुर्गा प्रसाईँले नेतृत्व र युवा सङ्घको नेतृत्वमा  मंसिर ७ गते हुने प्रदर्शन माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए ।

    images

    प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।माइतीघर मण्डला लाइफलाइन भएको हुनाले त्यहाँ दमकल र एम्बुलेन्स हिँड्नुपर्छ आचार्यले बताएका छन् ।

    images
    images
    images

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा सङ्घले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।

    आचार्यका अनुसार आज साँझसम्म त्यसबारे औपचारिक निर्णयसहित नयाँ कार्यक्रम स्थल निर्धारण गर्छौँ ।’जिल्ला प्रशासन कार्यालयबाट समन्वय गर्दा दुवै पक्षले कानुन कार्यान्वयनमा सघाउने बताएको सहायक प्रजिअ आचार्यले बताए । 

    प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - १६:३४:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको