Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्ने एक अर्ब ४१ करोड पठायो

सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्ने एक अर्ब ४१ करोड पठायो

जोईन खबर

४, मंसिर २०८०
  • 706
    SHARES
  • सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्ने  एक अर्ब ४१ करोड पठायो

    ४ मंसिर काठमाडाैँ । सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा एक अर्ब ४१ करोड पैसा पठाएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको हो।

    images

    जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड रुपैयाँ, बझाङका २५ करोड, बाजुराका १४ करोड , सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा गरी गृह मन्त्रालयमा पठाएको छ।

    images
    images
    images

    भूकम्प पीडित प्रति परिवारलाई अस्थायी घर बनाउन पहिलाे किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी प्रति घर धुरी ५० हजार रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो। 

    गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई तत्काल स्थानीय तहमा रकम पठाउन निर्देशनसमेत दिएको छ।भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिएलगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउनेछन्। दोस्रो किस्ता २५ हजार अस्थायी आवास निर्माण सम्पन्न भएपछि  दिने भनिएकाे छ ।  

    प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - १७:१८:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको