५ मंसिर काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका र धादिङको गजुरी गाउँपालिकाका अध्यक्षसहितको टिम बिच भेटघाट तथा छलफल भएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष बारपाक सुलिकोट गाउँपालिका अध्यक्षलाई भेटन कार्यालयमा पुग्नु भएको थियो ।

यस भेटको क्रम दुवै पालिका बिच राम्रो छलफल भएको हो।भेटघाटमा आ–आफ्ना पालिकामा भएका असल अभ्यासको आदानप्रदान गर्ने लगायतका बिषयमा कुराकानी भएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।गजुरीका अध्यक्ष गणेशलाल श्रेष्ठले गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माणको चरणमा रहेका बारपाक सुलिकोट गाउँपालिकाको प्रसासकिय भवनको स्टमेट डिजाईन लगायतका बिषयमा समेत छलफल भएको थियो ।

अध्यक्ष श्रेष्ठले पालिकाको प्रशासयिक भवन निर्माणको चरणमा हजुर नै हुनुहुदो रहेछ , बारपाक सुलिकोट गाउँपालिका इन्टेरियर डिजाईन र स्टक्चरको समेत अवलोकन र अध्ययन गर्नु भयो भने अध्यक्ष भट्टले बताउनु भयो । उक्त टोलीले बारपाक सुुलिकोट गाउँपालिका वडा न ८ जराङ डाँडा बन्दै गरेको सहिद दिलबहादुर रम्तेल स्मृती पार्क समेत अवलोकन गर्नु भएको थियो ।

भेटघाट तथा छलफलमा बारपाक सुलिकोट गाउँपालिकाका तर्फबाट अध्यक्ष बिष्णुप्रसाद भट्ट, प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चाय, वडा न ७ का वडा अध्यक्ष कृष्ण गुरुङ्ग लगायतको सहभागी थिए, भने गजुरी गाउँपालिकाबाट गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ नेतृत्वको टोलीहरु सहभागी थिए ।
