५ मंसिर काठमाडाैँ । ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ।जिल्ला प्रशासन कार्यालय प्रमुख अधिकारी रूद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकेका हुन्।
पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसनजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार आदेश जारी गर्दै माइतीघर-नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो।