६ मंसिर काठमडाैँ । ललितपुर महानगरपालिकाले दुई वटा दमकल खरीद गरेकाे छ । महानगरपालिकाले बुधबार एक कार्यक्रम गर्दै विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि इसुजी कम्पनीका दुइ वटा अत्याधुनिक प्रविधिको दमकल किनेको जानकारी गराएको हो।
उक्त दमकललाइ ५ पाँच करोड ६५ लाखमा किनेको हो। पहिले भएका दमकललाई सानो बाटोमा लैजान गाह्रो हुन्थ्यो र ती दमकल पानीले मात्र चल्थे भने अहिले पेट्रोल पम्पमा आगलागी भयो भने बाहिरबाट फोम भएको दमकल मगाउनुपर्ने अवस्था थियो।'पेट्रोल पम्प, केमिकल कलकारखानामा आगलागी हुँला समेत यो दमकल प्रयोग गर्न सकिने छ।
हाछेथुका अनुसार दमकलको सहायताले २० तला माथिसम्मका आगलागी निभाउन क्षमता राख्छ।