६ मंसिर काठमडाैँ । बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भैरहेको छ ।
चाँदी प्रतितोला एक हजार ४५५ रूपैयाँमा खरिद बिक्री भइरहेको छ ।