६ मंसिर काठमाडौँ । बुधबार अमेरिकी डलरले हालसम्मकै उचाई कायम गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरीद दर १३३.०८ रुपैयाँ छ ।
मंगलबार डलरको खरीद दर १३३.०५ रुपैयाँ तथा बिक्रीदर १३३.६५ रुपैयाँ तोकेको थियो ।भारतीय रुपियाँसँगको विनिमय दरका आधारमा अमेरिकी डलरको विनिमय दर निर्धारण हुने गर्छ ।
जसकाे अर्थ भारतीय रुपियाँ जति कमजोर भयो, नेपाली रुपैयाँ त्यति कमजोर हुन्छ । भारतिय रुपियाँ १ को नेपाली रुपैयाँसँगको विनिमय दर १.६ रुपैयाँ छ ।