६ मंसिर काठमडाैँ । दुर्गा प्रसाईंको केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई बास बसेकाे ठाउबाट मध्यरातमा लखेट्ने व्यक्ति व्यक्ति एमालेको भ्रातृ संगठन युवा संघका सचिवालय सदस्य विनोद राई रहेको पुष्टि भएकाे छ ।
उक्त टाेलीले हिजाे मंगलबार राति सुतिरहेका महिलाहरुलाई अमानवीय व्यवहार गर्दै लखेटेको भिडीयो सामाजिक सञ्जाल मार्फत सार्वजानीक भएको हाे ।
ती युवाले यसअघि पनि दुर्गा प्रसाईंलाई कालोमोसो दलेको समेत पाइएको छ । काठमाडौंका एल्लो प्यागोडा होटलमा पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा राईले प्रसाईंमाथि कालोमोसो दलेका थिए।
उनले हिजाे मध्यरातमा सुतिरहेकाे महिलालाई दुर्गा प्रसाईंको भेलाका लागि आएको भन्दै राईको समूहले लेखेटेको भिडिओ भाइरल भइरहेको छ ।