६ मंसिर काठमाडाैँ । मंसिर ७ गते अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्वनिर्धारित कार्यक्रमका कारण ठाउँ ठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक कामबाहेक गाडी ननिकाल्न नागरिकलाई अनुरोध गरेको हो ।
कार्यालयले आज बुधवार एक सूचना निकालेर घरबाट निस्कन परेमा नेपाल प्रहरीको हटलाइन १०० मा र ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर निस्कन आग्रह गरेको छ ।
