Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको शहिदलखनका ऋषिराम बस्नेत चितवनको खैरहनीमा मृतक फेला

गोरखाको शहिदलखनका ऋषिराम बस्नेत चितवनको खैरहनीमा मृतक फेला

जोईन खबर

६, मंसिर २०८०
  • 787
    SHARES
  • गोरखाको शहिदलखनका  ऋषिराम बस्नेत  चितवनको खैरहनीमा  मृतक फेला

    ६ मंसिर काठमाडाैँ । पूर्वी चितवनको खैरहनीमा एक व्यक्ति मृतक फेला परेका छन् । आज बिहान फेला परेको पुरुषको शवको पहिचान खुलेको छ ।

    images

    खैरहनी नगरपालिका वडा नम्बर ९ मा सडक नजिकको झाडीमा फेला परेको शव गोरखाको शहिदलखन गाउँपालिका–९ नाम्जुङ स्थायी ठेगाना भएका ऋषिराम बस्नेत रहेको खुलेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

    images
    images
    images

    बस्नेतको परिवार पनि प्रहरीको सम्पर्कमा आइसकेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    पछिल्लो समय मृतक बस्नेत भरतपुरमा बस्ने गर्दथे ।नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडीमा उनको शव फेला परेको थियो । शवकाे थप विवरणकाे अनुसन्धान हुदैँछ ।

    प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - १६:१३:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको