Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल बारे जानकारी गराउदै आयोजक

नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल बारे जानकारी गराउदै आयोजक

जोईन खबर

७, मंसिर २०८०
  • 733
    SHARES
  • नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल बारे जानकारी गराउदै आयोजक

    ७ मंसिर काठमाडाैँ ।  रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।प्रतियोगितामा विभिन्न विद्यालयका जम्मा ४८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले जानकारी गराए ।

    images

    सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी हुने छन् । सिनियरलाई ८ समूह तथा बाँकी २ टिमलाई ४ समूहमा विभाजन गरी खेल खेलाइने छ ।प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने रेडिअन्टकी भाइस प्रिन्सिपल शुभद्रा कुँवरले जानकारी गराइन् ।

    images
    images
    images

    सिनियर ब्वाइज र गल्र्समा निम्स तथा जुनियर ब्वाइजमा युनिक डिफेन्डिङ च्याम्पियन हुन् । तीनै टिमको यो संस्करणमा सहभागिता छैन ।पत्रकार सम्मेलनमा रेडिअन्टका इसीए इन्चार्ज दिलिप कार्की र लेभल इन्चार्ज विनोद कार्कीले प्रतियोगिताको विविध पक्ष बारे जानकारी गराए ।

    मंसिर १५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ । पहिलो दिन १० खेल हुने रेडिअन्टका बास्केटबल प्रशिक्षक आशिष महर्जनले बताए ।

     

    प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - १०:१८:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको