Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित

पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित

जोईन खबर

७, मंसिर २०८०
  • 841
    SHARES
  • पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित

    ७ मंसिर काठमाडाैँ । पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान गरेको हो ।

    images

    समाजका अध्यक्ष टेकवीर राईले लामालाई ४ हजार ४ सय ७ पाउन्ड (७ लाख ३५ हजार ३ सय ५२ रुपैयाँ) नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । अल्डर्सटमा लामाकै नाममा भएको बुद्धवीर लामा बाह्रौं गीतिमय साँझबाट संकलित रकम मध्येबाट खर्च कटाएर बचेको रकम सम्मान स्वरुप लामालाई प्रदान गरिएको हो ।

    images
    images
    images

    लामाले सम्मान वापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केहि रकम अनाथलय, वृद्धाश्रम र अपाङ्ग केन्द्रलाई पनि सहयोग गर्ने बताए । यसअघि पनि उनले जुम्लाका धावकहरुलाई टिसर्ट र खेल सामाग्री सहयोग गरेका थिए ।लामाले ताइवान र जापानमा भएको एसियाली भेट्रान एथलेटिक्सको ५ हजार मिटर दौडमा क्रमशः छैटौं र दसौं स्थान हासिल गरेका थिए ।

    बेलायतमा लामाको यो पहिलो गीतिमय साँझ हो । १० औं संस्करण अमेरिकामा भएको थियो भने बाँकी नेपालमै भएको थियो ।

    प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - १५:२०:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको