गोरखा जिल्लाको ६ ठाउँमा जल विद्युत आयोजना संचालनका लागि प्रारम्भिक अध्ययन गर्न विभिन्न छ वटा कम्पनीले अनुमति लिएका छन् । गोरखाको विभिन्न ठाउँहरुबाट १ मेगावाट भन्दा ठूलो क्षमताको विद्युत उत्पादन गर्न ती कम्पनीहरुले अध्ययन अनुमति लिएका हुन् । विद्युत विकास विभागबाट मनकामना जल विद्युत कम्पनीले प्रारम्भिक अध्ययन अनुमति पाएको छ । सो कम्पनीले पालुङटार नगरपालिकास्थित दरौँदी नदीबाट ९।८४० मेगावट विद्युत उत्पादन गर्नका लागि प्रारम्भिक अध्ययन अनुमति प्राप्त गरेको हो । यस्तै, उत्तरी गोरखाको चुमनुब्री ४९साविक प्रोक १० मा पर्ने बूढीगण्डकी नदीबाट चिलिमे जल विद्युत कम्पनी लिमिटेडले ९३ मेगावाट विद्युत उत्पादन गर्न अध्ययन अनुमति पाएको हो ।
यता, गोरखा र तनहुँ जिल्लाको सिमानामा पर्ने मस्र्याङ्दी नदीबाट ९९ मेगावाट क्षमताको विद्युत निकाल्न एमए पावर प्राईभेट लिमिटेड कम्पनीले अनुमति पाएको छ । मस्र्याङ्दी नदी जलविद्युत आयोजना नाम दिइएको उक्त प्रोजेक्टको काम छिटै संचालमा आउने कम्पनीले जनाएको छ । साथै, गोरखा र लम्जुङको साँधमा पर्ने चेपे खोलाबाट पनि २ मेगावटको विद्युत उत्पादन गर्न डाईनामिक हाईड्रो इनर्जी नामक संस्थाले अनुमति पाएको छ । गोरखाको शहिद लखन गाउँपालिका बक्राङमा पर्ने दरौँदी नदीबाट २४ मेगावट क्षमताको विद्युत उत्पादन गर्न एमए इनर्जी कम्पनीले अनुमति लिएको छ । माथिल्लो बूढीगण्डकी जल विद्युत आयोजनाबाट २०३ मेगावट क्षमताको विद्युत उत्पादन गर्ने भन्दै नबिल डेभ्लोपर्सले अध्ययन अनुमति लिएको छ ।
अनुमति प्राप्त गर्ने सबै कम्पनीहरु निजी कम्पनी हुन् । यी कम्पनीहरुले जिल्लाको विभिन्न ठाउँहरुबाट विद्युत उत्पादन गर्नका लागि अध्ययन अनुमति पाएका हुन् । अध्ययन अवधि पूरा भएपछि विद्युत विकास विभागसंग निर्माण सम्बन्धी अनुमति लिएर कम्पनीहरुले आयोजना सञ्चालनको प्रक्रिया अघि बढाउने जनाएका छन् ।