Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुर्गा प्रसाईं पक्षबाट प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लियाे, अरूकाे खाेजि हुदैँ

दुर्गा प्रसाईं पक्षबाट प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लियाे, अरूकाे खाेजि हुदैँ

जोईन खबर

८, मंसिर २०८०
  • 676
    SHARES
  • दुर्गा प्रसाईं पक्षबाट प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लियाे, अरूकाे खाेजि हुदैँ

    ८ मंसिर काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा आएको प्रदर्शनकारीले  प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले हिजो नियन्त्रणमा लिएको छ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंले पाँच जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए।प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    यसमा संलग्न अन्य व्यक्तिहरूलाई पनि प्रहरीले खोजिरहेको छ। बिहीबार बल्खुमा भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए। प्रसाईंले भाषण गरिरहँदा अब शहर पसेर आन्दोलन गर्ने भनेपछि भीड अनियन्त्रित भएर प्रहरीमाथि ढुंगामुढा गरेको थियो।

    त्यसक्रममा प्रदर्शनकारीले ढुंगामुढा गर्ने सुरू गरेपछि प्रहरीले त्यो समूहलाइ नियन्त्रणमा ल्याउन  अश्रुग्यास र रबरको गोली समेत चलाउा सुरू गरेको हो । 

    प्रकाशित मिति :मंसिर ८, २०८० शुक्रवार - १०:४२:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको