८ मंसिर काठमाडौँ । काठमाडौँको तीनकुनेबाट गणतन्त्र विरोधी दुर्गा प्रसाईंका ७ जना समर्थक पक्राउ परेका छन् ।
तीनकुनेमा प्रदर्शनका लागि जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।प्रहरीले पक्राउ गरेकाहरूको पहिचान खुलाइसकेको छैन ।
प्रसाईंले मंसिर ७ बाट व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएका छन् । उनलाइ आज तिनकुने क्षेत्रमा प्रदर्शन तयरी भए पनि स्थानीय प्रशासनको आदेश विपरीत कार्यक्रम गर्न नदिने भएको थियो ।