८ मंसिर काठमाडाैँ । गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिका बिचको संयुक्त बैठक सम्पन्न भएको छ । गोरखा नगरपालिकाको कार्यालयमा भएको अन्तरपालिका बैठक बिभिन्न ९ वटा निर्णय गर्दै सम्पन्न भएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।
बैठकले गोरखा नगरपालिका सव स्टेशनबाट आहाले–फिनाम हुँदै जाने ३३ केभिए विद्युत प्रशारण लार्यन व्यवस्थित गरी ध्याम्पेसालमा सब स्टेशन शिग्र सञ्चालनमा ल्याउने पहल गर्ने निर्णय गरेको छ । गोरखा नगरपालिका २ स्थित आहाले भञ्ज्याङ पहिरो नियन्त्रण गर्नुका साथै आहाले–खान्चोक भन्ज्याङ्ग बैकल्पिक बाटो स्तरोन्नती गर्ने कार्य अघि बढाउने निर्णय समेत समन्वयात्मक बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।
जग्गा बर्गिकरणका क्रममा गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाको जिआईएस प्रविधि मार्फत साँध सिमाना अद्यावधिक गर्ने, सिखे–बाह्रविसे निवेल सडक ट्रयाक खोल्न दुई पालिका बीच आवश्यक सहकार्य गर्ने, दुई पालिकाको सिमानामा रहेको मसेलखोला र निवेल तटबन्ध निर्माण गर्ने, ज्यादुलखोलामा मोटरेबल पुल निर्माण गर्न आवश्यक समन्वय गर्ने निर्णय समन्यात्मक बैठकले गरेको छ बैठकले आवश्यक समन्वय गर्ने सहमति पनि दुई पालिका बिच भएको छ ।
गोरखा नगरपालिका स्थित छेवेटार स्वास्थ्य चौकीमा रहेको एक्स रे मेसिन अर्को व्यवस्था नभएसम्म उक्त अस्पताललाई उपलब्ध गराउने निर्णय समेत समन्वयात्मक बैठकले गरेको छ ।