Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना प्रकाउ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना प्रकाउ

जोईन खबर

८, मंसिर २०८०
  • 661
    SHARES
  • त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना प्रकाउ

    ८ मंसिर काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई प्रकाउ गरी  काठमाडौं जिल्ल अदालतले २ वर्ष कैद सजाय सुनाएको छ ।

    images

    जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई कैद सजायाँ सुनाएको हो ।

    images
    images
    images

    उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा उनीहरुलाई अदालतले दोषी ठहर गरेको हो ।उनीहरुबाट पीडित शिक्षक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत अदालतले गरेको छ । आरोपित दीपक ओझाले भने सफाइ पाएका छन् ।उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा बुधबार फैसला सुनुवाइ सुरु भएको थियो ।

     इजलास नम्बर २६ मा भएको सुनुवाइमा चलाउनेको पक्षबाट अधिवक्ताहरु ओमप्रकाश अर्याल, सुरेन्द्र भण्डारी, राधिका खतिवडा, बसन्त जोशी, श्रीकान्त बराललगायत ९ जना वकिलले बहस गरेका थिए ।यस्तै सरकारी वकिलहरु चन्द्रप्रसाद सञ्जेल, दिनेश श्रेष्ठ र श्रीकान्त खनालले पनि बहस गरेका थिए । 

    प्रकाशित मिति :मंसिर ८, २०८० शुक्रवार - १४:५७:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको