९ मंसिर काठमाडाैँ । गोरखाकाे बारपाक सुलिकोट गाउँपालिकाका युवाहरुले काठमाडाै वा विदेशमा बस्नु हुने युवा तथा बुद्धिजिवि वर्गहरूकाे भेलामा आज सामाजिक काम गर्ने संस्था स्थापना लागि युवाहरू भेला भएकाे हाे ।
गाउँबाट विभिन्न कामका सिलसिलामा राजधानी तथा विदेशमा बस्दै आएका बारपाक सुलिकोट गाउँपालिकाका युवाहरु आज राजधानीमा भेला भएर सामाजिक काम गर्ने संस्था स्थापना युवाहरुको भेला गरिएको संयाेजक सञ्जिप अंगाईले जानकारी दिनुभयो ।
काठमाडाैँको नयाँबजारमा रहेको सगुन क्याफेमा शनिबार बिहान युवाहरु भेलाभइ पालिकाभित्र सामाजिक काम गर्ने गरी एक संस्था स्थापना गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । भेलाले अंगाईको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ ।
जसको सदस्यहरुमा विजय अंगाई, दिपक बस्ताकोटी, सागर बराम, पूर्णबहादुर गुरुङ, विवश परियार, मदन नगरकोटी, ईश्वर ढकाल र गणेश परियार चयन भएका छन् ।
समितिले केही दिनभित्रै पूर्ण भेला गर्ने गरी संस्थानको नाम चयन गर्नेदेखी बिधान तयार गर्ने जिम्मा पाएको संयोजक तथा अभियान्ता अंगाईले जानकारी दिनुभयो । सोही बैठकले विदेशमा रहेका युवाहरुलाई पनि रोजगारीको र्सिजना गर्दै स्वदेश फर्कन प्रोत्साहित गर्ने गरी संस्थाले कार्यक्रम ल्याउने पनि निर्णय गरेको संयोजक अंगाईले बताउनुभयो ।