Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरे, तर नेपालका विपिन जोशी देखिएनन्

हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरे, तर नेपालका विपिन जोशी देखिएनन्

जोईन खबर

१०, मंसिर २०८०
  • 634
    SHARES
  • हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरे, तर नेपालका  विपिन जोशी देखिएनन्

    १० मंसिर काठमाडाैँ । हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त बनाएकाे छ ।हमासले इजरायलमा गरेको आक्रमण गर्दा   नियन्त्रण लिएका  सूचीमा नेपालका विपिन जोशीकाे नाम नभएकाे पुष्टी  बीबीसीले जनाएको छ।आक्रमण गर्दा नियन्त्रण  लिएका बन्दकहरूलाइ रिहाइ गर्ने बदलामा इजरायलले ३९ प्यालेस्टिनीलाई छोडेको छ । इजरायलले छाडेका ३९ जनामध्ये ६ जना महिला छन् ।

    images

    अरु सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन् ।उनीहरुलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन (आईसीआरसी)का प्रतिनिधिहरुले बस चढाएर वेष्ट बैंकको बैतुनिया शहरतर्फ लगिरहेको भिडियो फुटेज देखिन्छ ।

    images
    images
    images

    कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर सम्झौता भएको थियो । पहिलो पटक गत शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो । दोस्रो पटक हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त गरेको र इजरायलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको इजरायल डिफेन्स फोर्सले पुष्टी गरेको छ ।

    हमासले छाड्ने बन्धकहरुको तुलनामा तेब्बर संख्यामा इजरायलले बन्दीहरुलाई मुक्त गर्दै आएको छ ।गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीसहित १ हजार २०० जनाको ज्यान गएको थियो भने २४० जनालाई उसले बन्धक बनाएको थियो ।

    नेपालको कञ्चनपुरका विपिन जोशीलाई पनि बन्धक बनाएको बताइएको छ । तर उनी रिहा हुने/नहुने अझै थाहा हुन सकेको छैन । यद्यपि परराष्ट्र मन्त्रालय र तेल अविवस्थित नेपाली दूतावासका अधिकारीहरुले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको जनाएका छन् ।

    प्रकाशित मिति :मंसिर १०, २०८० आइतवार - १०:५७:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको