Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भयो

गोरखामा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भयो

जोईन खबर

१०, मंसिर २०८०
  • 724
    SHARES
  • गोरखामा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भयो

    १० मंसिर काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा  हिजोदेखि लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । यो वर्षको ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’  भन्ने नारासहित अभियान सुरु भएको छ ।

    images

    उक्त अभियान कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख अतिथी मोहनबहादुर थापा मगरले ठुलो आँगनबाट गरेका थिए । सामाजिक बिकास कार्यायको आयोजनामा  जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट सुरु भएको कार्यक्रम कालिमाटी बजार ,शक्तिचोक ,पुरानो बसपार्क,बिपी चौतारा हुदै ठुलो आँगन पुगेर सम्पनना गरिएको थियो ।
    यो अभियान सन् १९९१ देखि सुरु भएको लैंगिक हिंसाविरुद्ध विश्वव्यापी रुपमा प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १०  वा मंसिर ९ देखि २५ सम्म मनाइँदै छ । 

    images
    images
    images

    सन् १९६० को नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदी बहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो । उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिँदै उनीहरूको सम्मान र सम्झनामा १६ दिने अभियान मनाउन थालिएको हो ।

    यस अभियानले चेतना वृद्धिको काम भने गरेको छ । प्रविधिको विकाससँगै लैंगिक हिंसाका घटनाका स्वरुपहरु परिवर्तन भइरहँदा सुरक्षा निकायलाई छानबिन र पीडितलाई न्याय दिलाउने काममा चुनौती थपिएको छ ।

    अभियानको सुरु समन्वय प्रमुख थापा मगर, गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकर पुनः, नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना, सामुदायिक सेवा केन्द्र गोरखा, रुम टु रिड, मानव अधिकारीकर्मीहरु तथा विभिन्न सरकारी कार्यालय तथा सरोकार वाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

    प्रकाशित मिति :मंसिर १०, २०८० आइतवार - १२:२२:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको