Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको पाँचौं चुनावी साधारण सभाले श्रेष्ठको अध्यक्षतामा केन्द्रीय कार्यसमिति निर्विरोध चयन

नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको पाँचौं चुनावी साधारण सभाले श्रेष्ठको अध्यक्षतामा केन्द्रीय कार्यसमिति निर्विरोध चयन

जोईन खबर

१०, मंसिर २०८०
  • 718
    SHARES
  • नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको पाँचौं चुनावी साधारण सभाले श्रेष्ठको अध्यक्षतामा केन्द्रीय कार्यसमिति निर्विरोध चयन

    १० मंसिर काठमडाैँ । नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको पाँचौं चुनावी साधारण सभाले राजीव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।यसअघि श्रेष्ठ करिब ३ वर्ष संघको कार्यवाहक अध्यक्षको भूमिकामा थिए । ¥याफ्टिङमा आउनुअघि श्रेष्ठ नेपाल बक्सिङ संघ (अहिले नेपाल बक्सिङ महासंघ) को नेतृत्वमा थिए ।

    images

    बक्सिङ संघमा श्रेष्ठ सदस्य, सह–महासचिव र महासचिव हुँदै एक कार्यकाल अध्यक्षको जिम्मेवारीमा थिए । श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका पूर्व सह–महासचिव हुन् ।नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद जोशी तथा उपाध्यक्षद्वयमा गोविन्दप्रसाद थपलिया र महेन्द्रसिंह थापा रहेका छन् ।

    images
    images
    images

      1(45) (1).jpg

    सुदीपराज गौतमले महासचिव, सुनिल अर्यालले सचिव र महेश थापाले कोषाध्यक्षको जिम्मेवारी पाए । रिता अधिकारी, दीपक भुजेल, निमबहादुर मगर, कुमार श्रेष्ठ, रुनिका डंगोल र कौशिला प्रधान सदस्यमा चयन भए ।नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख मीनकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । साधारण सभामा ४ प्रदेशबाट ८ तथा केन्द्रबाट २४ गरी जम्मा ३२ प्रतिनिधिको उपस्थिति रहेको जनाइएको छ ।

     

    प्रकाशित मिति :मंसिर १०, २०८० आइतवार - १२:३३:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको