१० मंसिर काठमाडाैँ । गाेरखाकाे भीमसेन थापा गाउँपालिकामा आगलागी भएर घर नष्ट भएका पिडितलाई गाउापालिका र रेडक्रसद्धारा राहत सामाग्री वितरण गरिएकाे छ । हिजाे मात्र भीमसेन थापा गाउँपालिका वडा न ६ अश्राङमाआगलागी भइ घरकाे केही सामन पनि नरहे पछि पिडित परिवारलाई गाउँपालिकाक सहयाेग र रेडक्रसको राहात सामग्री उपलब्ध गराइएकाे हाे ।
उक्त सामग्री गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले राजेश थापामगरको घरमा पुगेर लत्ता कपडा र खाद्यान्य पिडितलाई हस्तान्तरण गरिएकाे थियाे । रेडक्रस सोसाइटी बोर्लाङ उपशाखाले पिडितलाइ खाना पकाउने समाग्री, ओड्ने ओछ्याउने कपडा, टेण्ट लगायतका राहात समाग्री उपलब्ध गराएको भीमसेन थापा गाउँपालिका वडा न ७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
साेही परिवारलाई आज नेकपा माओवादी केन्द्रका तर्फवाट २७ हजार ५ सय रुपैया सहयोग संकलन गरी हस्तान्तरण गरेको छन् । हिजो विद्युत सट भएर आगलागी हुँदा थापा मगरको ढुङ्गामाटोले बनेको तीनकोठे घर जलेर पूर्ण रुपमा क्षति भएको थियो । आगलागीबाट १२ लाख रुपैयाको क्षति भएको प्रारम्भिक अनुमान रहेको वडाध्यक्ष रन्जन रिमालले बताउनुभयो ।