Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा गाउँपालिकाबाटै नै बैदेशिक रोजगारीकाे लागि श्रम स्वीकृति प्रदान गर्न सुरु

गोरखामा गाउँपालिकाबाटै नै बैदेशिक रोजगारीकाे लागि श्रम स्वीकृति प्रदान गर्न सुरु

जोईन खबर

१०, मंसिर २०८०
  • 796
    SHARES
  • गोरखामा गाउँपालिकाबाटै नै बैदेशिक रोजगारीकाे  लागि श्रम स्वीकृति प्रदान गर्न सुरु

    १० मंसिर काठमाडाैँ । गोरखाको भीमसेनथापा गाउँपालिका अब देखि पालिकाबाट  बैदेशिक रोजगारीकाे लागि श्रम स्वीकृति प्रदान गर्न सुरु गरिएकाे छ । यस  गाउँपालिकाले रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

    images

    गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न सुरु गरेकाे पहिलाे पटक भीमसेनथापा गाउँपालिका वडा न ५ बगुवा घर भएका दिनेश परियारलाई  श्रम स्वीकृति प्रदान गरेर पालिकाबाट सेवा प्रारम्भ सुरू भएकाे जानाकारी पनि सबै सामु बताउनु भयाे । पालिकाबाट श्रम स्वीकृति  पाएका परियार  बैदेशिक रोजगारीका लागि मलेसिया जान लागे संगै राेजगार सेवा केन्द्रबाट श्रम स्वीकृति प्रदान गरिएको पालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले बताउनुभयो ।

    images
    images
    images

    बैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित भरपर्दो, पारदर्शी तथा सहज बनाउन र सेवाग्राहीलाई आफ्नो स्थानीय तहबाट सेवा प्रदान गर्ने उद्देश्य अनुरुप व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्यको सुरुवात गरेको अध्यक्ष बन्जराले बताउनुभयो ।

    स्थानीय पालिकाबाट नै व्यक्तिगत श्रम स्वीकृति प्राप्त गर्नुभएका परियारले स्थानीय तहबाट श्रम स्वीकृति पाउदा खुशी लागेको भन्दै यसअघि श्रम स्वीकृतिका लागि काठमाण्डौँ धाउनुपर्ने बाध्यता रहँदै त्याे समस्याबाट मुक्त भएकाे पनि  परियार बताउनस भयाे । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर कार्यालयमा सम्पर्क गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर १०, २०८० आइतवार - १६:५५:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको