११ मंसिर काठमाडाैँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा चौथो बारपाक सुलिकोट रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने" नाराका साथमा बारपाक सुलिकोट गाउँपालिका बहाकोटमा रहेको शहिद आशाकाजी श्रेष्ठ स्मृति रंगाशालाको खेल मैदानमा सोमवारबाट चौथो बारपाक सुलिकोट रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । उक्त कार्यक्रमको उद्घाटन बारपाक सलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टले गर्नु भएको थियाे ।

यो कार्यक्रम सोमबार देखि बुधबारसम्म संचालन हुने रनिङशिल्डमा उद्घाटनका दिनमा छात्रा÷छात्र १५ सय मिटर दौड, १०० मिटरको दौड लगायतका खेल सम्पन्न भएको गाउँपालिकाका प्रवक्ता शुभ प्रभात नेपाली जित बहादुरले जानाकारी दिनुभयो ।गाउँपालिकाका प्रवक्ता नेपालीका अनुसार आजको खेलमा महिला कबड्डि, पुरुष भलिबल र महिला लङ्गजम्प खेल चलिरहेको उहाँले बताउनु भयो ।
प्रतियोगिता भित्र छात्रा÷छात्र भलिबल, १ सय, १५ सय र ३ हजार मिटर दौड, हाइजम्प, महिला कबड्डि, पुरुष भलिबल ,महिला भलिबल, लङ्गजम्प लगायका खेलहरु गरी कुल १५ खेल समावेश गरि प्रतियोगिता हुने उहाँले जानकारी दिनु भयो ।

प्रतियोगितामा गाउँपालिका १० वटा मा वि र एक निम्न माध्यामि विधालयले भलिबल मात्र खेल्ने गरी जम्म स्कुल सङख्या ११ वटा सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता शुभ प्रभात नेपाली जित बहादुरले जानाकारी दिनुभयो ।