Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुग्याे

मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुग्याे

जोईन खबर

१२, मंसिर २०८०
  • 706
    SHARES
  • मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुग्याे

    १२ मंसिर काठमाडाैँ । मोरङमा आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुग्याे ।यस घटना कात्तिक २६ उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

    images

    आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । प्रहरीका अनुसार सोमबार राति उर्लाबारी नगरपालिका-७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

    तिहारकाे लक्ष्मीपूजाको दिन राति साढे १० बजे उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो ।

    सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइते भएका थिए ।घाइते मध्ये सात जनाको अवस्था गम्भीर थियो । आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।

    प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - ११:१३:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको