१२ मंसिर काठमाडाैँ । गाेरखामा नेवारी समुदायको सांस्कृतिक मकै सुकाउने पर्व सोमबार राती विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो पर्व स्थानीय ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अग्रसरतामा सोमबार साँझ मनाइएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।उक्त पर्व शुल्क पूर्णिमाको रात अमृत बर्षा हुने र भुटेको मकै, भटमास, बदाम, सखरखण्ड लगायतका खाद्य पदार्थ जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ पर्व मनाइएको उनले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार यो पर्व बिगत ४५ बर्ष अघिदेखि गोरखामा मनाउन छाडिएको थियो । ४० बर्षदेखि मनाउन छाडिएको पर्व अहिले फेरी सुरू गरिएकाे भनाइ छ ।२०७६ साल, २०७८ साल र अहिले मनाइएको हो ।घरघरबाट भुटेको मकै एकै ठाउँमा जम्मा गरेर गाेरखा बजारकाे ठुलो आँगनमा मान्द्रो बिछ्याएर जूनको प्रकाश पर्ने गरी सुकाइएको थियो ।भुटेको मकैसँगै भटमास, केराउ, चना,गेडागुडी, जुनेलो, बदाम, सखरखण्ड, लगायत बिभिन्न फलफुल पनि सँगै राखिन्छ ।

सुकाएका यी खानेकुरा प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ ।नेवार समुदायले यस पर्वलाई महत्वका साथ लिने भएकाले ठूलोआँगन क्षेत्रका अधिकांशले लगेका थिए । कतिपयले भने घरैमा पनि यो पर्व मनाउने गर्छन् ।२०७७ मा कोरोनाको कारण यो पर्व नेवार समुदायले सामुहिक रुपमा मनाएनन् । त्यसपछि फेरि २०७८ मा मनायएको थियो । अहिले हामीले सामुहिक रुपमा आह्वान गरेर मनाएका हौँ’, ऐतिहासिक क्षेत्र संरक्षण बिकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले भने । समितिको अगुवाईमा बाजागाजासहित बिभिन्न धार्मिक परम्परा झल्कने गरी यस पटक मकै सुकाइएको थियो ।