१२ मंसिर काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ४ सौरपानीमा चितुवा आतंक दिनदिनै बढदै गएको छ । उनीहरूलाइ जताततै चितुवाले आक्रमण गर्न थालेको भन्दै स्थानीयबासी खेतबारीको काम, घाँस दाउरा गर्न समेत डर भएको छ।
केही दिनदेखि सौरपानीको पोखरा, पोखरी र आरुबोटे गाउँ आसपास चितुवाको आतंक बढेको स्थानीय मिलन ढकालले बताएका छन् । तीन दिन जति भयो गाउँमा चितुवा कराउन थाले पछि गाउँका स्थानियबासी घर बाहिर निस्कन पनि डरैमर्नु छ ।
स्थानीय मिलन ढकाल भन्छन् गाउँमा बसाइँसराइका कारण मान्छे रित्तिदै गएकाले पनि चितुवा आतंक बढेको बताउछन् । गाउँमा मान्छे खासै छैनन्,खेति हुने बारी समेत बाँझो बसेर पातीसंगै उतिस घारी हुदा बाघ आएको हुनसक्छ,ढकालले भने ।
तेही गाउँमा केही दिन अघि चितुवाले एउटा बोका र माउ बाख्रा खाइदिएको स्थानीय टिकाराम श्रेष्ठले बताए । ‘घर नजिकैको बारीमा चराउन लगेको थिए, चितुवाले दुई वटा खाइदियो, अहिले डरले चराउन लानै छाडेको छु,’ उनले भने ।चितुवाको आतंक बढेपछि घासपात गर्न जान समेत स्थानीय डराएका छन् ।