१२ मंसिर काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थक ‘गुरु’ तिलक अधिकारी अाज पक्राउ परेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियानको प्रदर्शनकाे क्रममा उनीलाइ गौशालाको वेङ्कटेश मन्दिरबाट पक्राउ परेका छन् ।
उक्त अभियानको नेतृत्व प्रसाईँले गरिरहेका छन्। प्रसाईँ समूहले मङ्सिर ७ गतेदेखि काठमाडौँमा प्रदर्शन गर्न थालेको थियो। नेकपा एमालेका निकट युवा सङ्घले पनि प्रदर्शन गरेको थियो।
उक्त प्रदर्शका कारण सरकारले एक महिनाका लागि माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन निषेध गरेको थियो।सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईँ समूहका १५ जनालाई पक्राउ गरेको थियो।