Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पश्चिम रुकुमको सिंगो माओवादी पार्टी भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा लागि ३ हजार स्वयंसेवक परिचालन

पश्चिम रुकुमको सिंगो माओवादी पार्टी भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा लागि ३ हजार स्वयंसेवक परिचालन

जोईन खबर

१३, मंसिर २०८०
  • 757
    SHARES
  • पश्चिम रुकुमको सिंगो माओवादी पार्टी  भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा लागि ३ हजार  स्वयंसेवक  परिचालन

    १३ मंसिर कामठमाडाैँ । रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन गरिएको माओवादी केन्द्रले जनाएको छ । स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले गरेका छन् ।

    images

    जिल्लाको सिंगो माओवादी पार्टीलाई स्वयंसेवक दलमा रुपान्तरण गरिएको जिल्ला संयोजक गोविन्द रोका (सचिन)ले जानकारी दिए । ‘जाडो बढ्दै गएको छ, त्रिपाल मुनि रहेका भूकम्प प्रभावितलाई छिटोभन्दा छिटो घरमा सार्नुपर्ने छ,’ रोकाले भने, ‘त्यसैले जिल्लाको कुनै पनि जिम्मेवार कार्यकर्ता पुनर्निर्माणबाहेक अन्य काममा छैनन् ।

    images
    images
    images

    पश्चिम रुकुमको सिंगो माओवादी पार्टी बिहानैदेखि साँझ अबेरसम्म अस्थायी आवास निर्माणमा खटिएको र ३ हजार सदस्यीय स्वयंसेवक दल गठन गरी  जिल्लास्तरीय कमाण्ड पूर्वमन्त्रीसमेत रहेका जनार्दन शर्माले गरेको रोकाले बताए ।माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य तथा बाग्मती प्रदेशका इञ्चार्जको जिम्मेवारीमा छन् । उनले बागमती प्रदेशका नेता कार्यकर्तासँग केही दिनको बिदा लिएको र गृह जिल्लामा स्वयंसेवक दलको संयोजक बनेर अस्थायी आवास निर्माणमा खटिएको बताए ।

    पश्चिम रुकुममा २६ हजार घर पुनर्निर्माण गर्नुपर्ने भएपनि अस्थायी आवास भने १६ देखि २० हजार जति निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी लगायत दलका नेता–कार्यकर्ताहरु पनि खटिएका छन् ।

    गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिमका बस्ती तहसनहस बनाएको छ ।

    राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको विवरण अनुसार भूकम्पबाट जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५४ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् । 

     

    प्रकाशित मिति :मंसिर १३, २०८० बुधवार - १४:५०:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको