१४ मंसिर काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको चौथो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता गाउँपालिका वडा न ३ स्वाँराको माझथर मा.विले उपाधि हात पारेको छन् ।बारपाक सुलिकोट गाउँपालिका वडा न ६ मा रहेको केन्द्र ताकुकोट बहाकोटको शहीद आशाकाजी श्रेष्ठ स्मृति रंगशालाको खेल मैदानमा सम्पन्न भएको थियो ।

उक्त प्रतियोगिताको उपाधि स्वाँराको माझथर मा.विले उचालेको हो । यस चौथो रनिङ शिल्डमा स्वाँराको माझथर मा.विले सबै खेल मध्यमा जस्तै ९ स्वार्ण, ५ रजत, २ कास्यमा गरी जम्मा १६ पदक जितेका गाउँपालिका प्रवक्ता शुभ प्रभात नेपाली (जित बहादुरले) जानकारी दिनु भयो । उपाधि जितेका विधालयलाई नगद रु ४० हजारसहित शिल्ड, ट्रफी, प्रमाणपत्रले सम्मन गरिएको थियो । यसै गरी प्रतियोगितामा दोस्रो उपविजेता हात पार्ने सफल हुने वडा न २ बारपाकमा रहेको हिमालयन मा.वि हो । हिमालयन मा.विले खेल मध्य जस्तै ७ स्वार्ण, ५ रजत ,४ कास्य गरी १६ पदक नै जितेर दोस्रो भएका थिए ।

यसै क्रममा वडा न ६ मा रहेको ताकुकोट पाल्खुको सुर्य ज्योति मा.विले तेस्रो स्थान हासिल गरेका थिए , भने उनीहरुले ७ स्वार्ण ,३ रजत ,६ कास्य गरी १६ पदक जितेका गाउँपालिका प्रवक्ता नेपालीले बताउनु भयो । गाउँपालिका भित्रका विधालय स्तरिय चौथो रनिङ शिल्डमा नगद पुस्कार समेत दिएको छन् । जसमा दोस्रो स्थान हासिल गर्ने टिमलाई नगद रु २६ हजार ६६६रुपैयाँ सहित ट्रफी दिएर सम्मन गरीएको हो । यसै गरी प्रतिस्पर्धाको क्रममा तेस्रो स्थान हासि गर्ने टिमलाई नगद रु १३ हजार रुपैयाँ सहित ट्रफी दिएर सम्मन गरीएको नेपालीले बताउनु भयो ।

सोही प्रतियोगिताको विजेता टिमलाई गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले पुस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगितामा गाउँपालिका भित्रका १० वटा विधालयहरुको सहभागीता भए संगै विधार्थी खेलाडीहरुको संङख्य भने ३ सय भन्दा माथि विधार्थी आएको गाउँपालिका प्रवक्ता शुभ प्रभात नेपालीले जानकारी दिनु भयो । उ्क्त प्रतियोगिता गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट द्वारा उद्वघाटन गरी गत सोमबार देखि बुधबार सम्म सञ्चाल भएको हो । यो प्रतियोगितामा छनौट भएका खेलाडीहरुले अब आउने आगामी पुस ६ ,७ ,८ गते हुने जिल्लस्तरिय रनिङ शिल्डमा सहभागीता भई भागा लिन पाउने समेत बताउनु भयो ।उक्त खेलाडीहरुले जिल्ला हुदै प्रदेश स्तरिय हुदै राष्ट्रिय समम खेल्न पाउने पनि बताउनु भयो ।
