१५ मंसिर काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेयो भने, चाँदीको मूल्य बढेएको छ । सुन तोलामा ३०० रुपैयाँले सस्तिएको छ । चाँदीकोमूल्य बढेएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ कायम रहेको थियो । बुधबार सुनको भाउमा भने नयाँ रेकर्ड कायम भएको थियो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा झरेर कारोबार भएको हो ,भने तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा किनबेच भएको थियो । त्यसै गरीआज चाँदी तोलामा २० रुपैयाँले बढ्र प्रतितोला एक हजार ५४० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।