१६ मंसिर काठमाडाैँ । गोरखा बजारमा एक पुस्तक पसलमा भीषण आगलागी भएकाे छ । गाेरखाकाे गोरखा नगरपालिका वडा न ७ मा रहेकाे गोरखा सप्लायर्स पुस्तक तथा स्टेसनरी पसलमा गएराती आगलागी भइ पूर्णारूपमा क्षेति भएको हो । राती करिब ११ः३० बजेको समयमा आगलागी भएको गाेरखा प्रहरीले जनाएको छ ।
आगलागीबाट पुस्तक पसलमा रहेका सवै पुस्तकहरु तथा स्टेसनरीका समानहरू जलेर नस्ट भएकाे प्रहरीले जनाएको छ ।
आगलागी हुने बित्तिकै स्थानीयबासीहरु र प्रहरीले दमकलको सहायताले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट भएको क्षतिको थप विवणकाे अनुसन्धान हुदै छ ।