१८ मंसिर काठमाडौँ । काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोल्याण्डकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पोल्याण्डकी नागरिकले लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित ३७ वर्षीया पाउलिना गाब्रेला माडेजलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
उक्त रकम फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्याण्ड जान लागेकी उनलाई विमानस्थलमा जाँच गर्ने क्रममा १ सय दरको १ सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार ५ सय अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको थियो ।
थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको जानकारी प्रप्ता भएको छ ।