१८ मंसिर काठमाडौँ ।काठमाडौँमा अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले सोमबार दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भई हाल काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका सुरज खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
आइतबार काठमाडौंको विभिन्न ठाउँबाट यही आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।उक्त व्यक्ति लगायतका टिमले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने,युवाहरूमा उतेजित हुने फोटो पठाइ पैसामा मोलमोलाइ गर्ने गरेको पाइएकोले उनीहरूलाइ पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ परेका आरोपिहरूलाइ घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।