Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली गरी लैजान लागेको सुन जस्तो धातुसहित २ जना पक्राउ

अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली गरी लैजान लागेको सुन जस्तो धातुसहित २ जना पक्राउ

जोईन खबर

१९, मंसिर २०८०
  • 718
    SHARES
  • अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट  भन्सार छली गरी लैजान लागेको सुन जस्तो धातुसहित २ जना पक्राउ

    १९ मंसिर काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो धातु करिब १ सय ८६ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१६ बालाजु ठेगाना भएका ४० वर्षीय सङ्गीत केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।

    images
    images
    images

    नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई जाँच गर्ने क्रममा सङ्गीतको साथबाट करिब ९५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थान तथा औँठी १ थान र सुनिताको साथबाट ९१ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थानसहित फेला पारी पक्राउ गरेको हो ।

    उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाएको छ ।

    प्रकाशित मिति :मंसिर १९, २०८० मंगलवार - १३:२८:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको