Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा नगरपालिकाले नगरपालिका भित्रका स्थानीयहरुलाई प्रथप्रदर्शक तालिम दिने

गोरखा नगरपालिकाले नगरपालिका भित्रका स्थानीयहरुलाई प्रथप्रदर्शक तालिम दिने

जोईन खबर

१९, मंसिर २०८०
  • 763
    SHARES
  • गोरखा नगरपालिकाले  नगरपालिका भित्रका स्थानीयहरुलाई प्रथप्रदर्शक तालिम दिने

    १९ मंसिर काठमाडाैँ । गोरखा नगरपालिकाले  नगरपालिका भित्रका स्थानीयहरुलाई प्रथप्रदर्शक तालिम दिने  व्यवस्था भएको छ । उनीहरूले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र गोरखा नगरपालिकाको साझेदारीमा स्थानीय पथप्रदर्शक तालिम दिन लागेको हो ।

    images

    गोरखालाई पर्यटन गन्तव्यको रुपमा विकास गर्नका लागि पुसको पहिलो हप्ता तालिम संचालन गर्न लागेको नगरपालिकाले जनाएको छ । उक्त तालिममा नगरपालिकाभित्रका ३५ जना सहभागी हुने नगरपालिका सामाजिक शाखाका प्रमुख विजयभक्त उपाध्यायले बताए ।

    images
    images
    images

     जिल्लाभित्र आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गोरखाको धर्म, संस्कृति, भूगोल, इतिहासबारेमा र यहाँका पर्यटकीय स्थलहरुको बारमा जानकारी दिइने उनले जानकारी दिए ।नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै तालिममा सहभागी हुन इच्छुक भएकाहरुलाई आवेदन दिन समेत माग गरेका छन् ।

     तालिम लिएका आफै पनि काम गर्न पाइने र जिल्ला भित्रका सबै सरोकारवालाहरुसँग छलफल गरी पर्यटन समिति निर्माण हुने र उनीहरु मार्फत नै अघि बढ्ने उनले बताए । 

    प्रकाशित मिति :मंसिर १९, २०८० मंगलवार - १४:५८:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको