Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलमा बिहीबार राति १४ किलो सुनसहित दुई जना पक्राउ

विमानस्थलमा बिहीबार राति १४ किलो सुनसहित दुई जना पक्राउ

जोईन खबर

२२, मंसिर २०८०
  • 637
    SHARES
  • विमानस्थलमा बिहीबार राति १४ किलो सुनसहित दुई जना पक्राउ

    २२ मंसिर काठमाडाैँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

    images

    पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए। विहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेले कपडामा बेरेरे छातीको दायाँवायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुन बरामद गरिएको थियो।

    images
    images
    images

    उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मिनबहादुर घलेको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएकाे हाे ।‍प्रमुख पाण्डेले जानकारी दिए।  पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको भन्सार प्रमुख पाण्डेले जानकारी दिए। कार्यालय खुलेपछि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराइ थप अनुसन्धान हुने उनले बताए।

    प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - ०७:४९:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको