Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै आयोजना हुने : मन्त्री डिग बहादुर लिम्बु

दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै आयोजना हुने : मन्त्री डिग बहादुर लिम्बु

जोईन खबर

२२, मंसिर २०८०
  • 592
    SHARES
  • दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै  आयोजना हुने  :  मन्त्री डिग बहादुर लिम्बु

    २२ मंसिर काठमाडाैँ । दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बुले बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधिन रंगशालाको अवलोकन गर्ने क्रममा भवितव्य परेको अवस्थामा बाहेक निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् ।

    images

    निर्माण भईरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै अब पूर्वाधारको अभावमा प्रतियोगिता प्रभावित नहुने विश्वास व्यक्त गरे ।  त्यस क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८१ मंसिरमा दशौ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तीकै भूमिका रहने बनाए ।

    images
    images
    images

    दशौं राष्ट्रिय देलकुदको पूर्व तयारीका लागि आवश्यक परार्मशका लागि सुर्खेत पुगेको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को टोलीले रंगशालाको अवलोकन गरेको थियो ।आठ विगाह क्षेत्रफलमा निर्माण भईरहेको रंगशालाको हाल सम्म ७० प्रतिशत बढी काम सम्पन्न भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए ।आगामी जेठ भित्र सम्पन्न गर्ने गरि काम भएको भन्दै सन्ज्यालले बहुउदेश्य सहित मार्सल आर्ट र व्याडमिन्टनका समेत तीन वटा कभर्डहल निर्माण भएको जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - १०:५५:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको