२२ मंसिर काठमाडौँ। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न २ बारपाकका मिन बहादुर घले र चन्द्र घले बिहीबार मध्यराति १४ किलो सुनसहितदुई जना पक्राउ भएका छन् ।
उनीहरू हिजो फ्लाई दुबईको जहाजबाट काठमाडौँ आएका थिए । उनीहरू दुई घले बिचमा चन्द्र घलेकाट २ २ किलोका ७ वटा बिस्कुट बनाएर ल्याइएको सुन बरामद गरीएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार हिजो राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका बारपाकका चन्द्र घलेको शरिरको ज्याकेटबाट र जुत्तामा राखेर ल्याएको अवस्थामा सुन बरामद भएको हो ।
दुबईबाट एक यात्रुले ठुलो परिमाणमा सुन बोकेर ल्याउँदै छन् भन्ने विशेष सूचनाको आधारमा स्ट्याण्डबाइ बसेको भन्सारको टोलीले फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएका चन्द्र घलेलाइ चेकजाँच गर्दा सुन भेटिएको थियो ।
जसमा चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको अनुसन्धानका क्रममा चन्द्र घले खुलाएका छन् । उक्त कुरा खुले पछि उनलाई पनि बिहीबार राति नै प्रहरीले धुमबराहीबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान गरिरहेका छौँ ।