Logo

बुधवार, श्रावण १३ गते २०८३

एसिसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध टस हारेर नेपालले पहिलाे ब्याटिङको निम्तो पायो

एसिसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध टस हारेर नेपालले पहिलाे ब्याटिङको निम्तो पायो

जोईन खबर

२२, मंसिर २०८०
  • 727
    SHARES
  • एसिसी यू–१९ एसिया कपमा   पाकिस्तानविरुद्ध टस हारेर नेपालले पहिलाे ब्याटिङको निम्तो पायो

    २२ मंसिर काठमाडाैँ ।  दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ एसिसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध टस हारेर नेपालले पहिलाे ब्याटिङको निम्तो पाएको छ । पाकिस्तानका कप्तान साद बेगले दुबईको आइसिसी एकेडेमी ओभल–२मा टस  जितेर पहिला बलिङ गर्ने निर्णय दिँदै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

    images

    नेपालको टोलीमा सिनियर टोलीका प्रमुख अलराउन्डर गुलशन झा छन् । देव र गुलशनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । गुलशन पछिल्लो एक वर्षदेखी टोलीमा निरन्तर छन् । एसिया कपमा भारत, पाकिस्तान  जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्ड जस्ता देशविरुद्ध खेली सकेका छन् ।

    अर्काेमा पाकिस्तानका अरफत मिन्हासले तीन टि२० आई खेल खेलेका छन् । उनी तल्लोक्रममा राम्रो ब्याटिङको साथै स्पिन बलिङ गर्ने गर्दछन् । बायाँ हाते खेलाडी उनले ठूला सर्टको क्षमता राख्छन् । 

    प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - १२:००:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको