२२ मंसिर काठमाडौँ । काठमाडौंको मूख्य नाका नागढुंगामा दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको नाम र ठेगान खुलिसकेको छैन । काठमाडौँको अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो ।
गएराति दुई किलो सुनसहित तीनलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिए ।
उनका अनुसार सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर सुन ल्याएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने काठमाडौं प्रहरी परिसरले बताएको छ।