२२ मंसिर काठमाडाैँ। पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामालाई नेपाल पर्वतारोहण संघले सम्मान गरेको छ । नियामक निकायप्रति अविश्वास छानबिन समितिको नाममा अनुसन्धान फितलो बनाउने नियत उच्चस्तरको अनुसन्धान गर्न छुट्टै छानबिन समिति आवश्यक थियो केही भन्न चाहन्नँ Su पोखरामा शुक्रबार आयोजित आठौ संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको अवसरमा लामालाई अर्थमन्त्री प्रकाशरण महतले सम्मान गर्दै ताम्रापत्र प्रदान गरेका छन् ।
चुम उपत्यकामा अहिंसा (श्याग्या) परम्परा संरक्षणमा गाउँपालिकाले अहिंसाको पञ्चशीललाई पालिकाको राजपत्रमा प्रकाशितसमेत गरेको छ । मनास्लु क्षेत्रमा पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो ।
यहाँका स्थानीयले कुनै पनि जीव–जनावर काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, मासुजन्य प्रयोजनका लागि व्यापारी गर्ने उद्देश्य बोकेकालाई प्रवेश निषेध, पशुबध पूर्णरुपमा निषेध, बौद्ध दर्शन र पञ्चशीलको सिद्धान्तमा स्थापित अहिंसा चुम क्षेत्रको संस्कृति एवं संस्कारलाई आत्मासात गर्ने प्रतिबद्धता जनाएका छन् ।