Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तीन प्रदेशकाे पहाडी भू-भागमा एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

तीन प्रदेशकाे पहाडी भू-भागमा एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जोईन खबर

२३, मंसिर २०८०
  • 727
    SHARES
  • तीन प्रदेशकाे पहाडी भू-भागमा एक दुई स्थानमा हल्का वर्षा र  हिमपातको  सम्भावना

    २३ मंसिर काठमाडाैँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ।

    images

    दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images
    images
    images

    राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी , गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    प्रकाशित मिति :मंसिर २३, २०८० शनिवार - ०८:४५:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको