२४ मंसिर काठमाडाैँ । भारत उत्तर प्रदेशको बरेलीमा सडक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । नैनिताल सडकखण्डमा कार र ट्रकबीच ठोक्किदा दुवै गाडीमा आगो लागेपछि कारमा सवार आठै जनाको मृत्यु भएको हो ।
बरेलीका एसएसपी घुले सुशील चन्द्रभानले कार राजमार्गमा गुडिरहेको ट्रकसँग ठोक्कियो र त्यसपछि टाँसिएर आगो लागेको बताए ।
गाडी भित्रबाट सेन्ट्रल लक भएको कारण मानिसहरु बाहिर निस्कने मौका पाएनन् र सबै जलेका थिए । जसमा ७ जना वृद्ध र एक बालक रहेका छन् ।