२४ मंसिर काठमाडौँ ।आइतबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको थियो । चाँदी पनि यस दिन प्रतितोला ३५ रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा झरेको छ ।
यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी तोलामा ३५ रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ४२५ रुपैयाँमा किनबेच हुँदैछ ।