२४ मंसिर काठमाडौँ । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा लेखापाल र शिक्षक दुवै जनाको मृत्यु भएको छ।
हिजो शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो।
अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते छन्। तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए।बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु र अधिकारीको भने भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन्।दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए।ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।