२५ मंसिर काठमाडौँ । भारतको जोगबनीमा विराटनगरका एक युवकमाथि गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराकास्थित २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो ।
गोली प्रहारबाट घाइते भएका संग्रौलाको कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । भारतको रेलवे स्टेशनबाट करिब १०० मिटर टाढा गोली प्रहार भएको गोली प्रहार हुँदा त्यसको छर्रा निर्दोष युवाको बायाँ तिघ्रामा लागेको प्रहरीले बताएको छ ।
घाइते रहेका निर्दोष खतरामुक्त छन् । गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान भइसकेको छैन । यो घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।