२५ मंसिर काठमाडाैँ । तमू युवा ह्युल छोंज धिंको केन्द्रिय महिला उपाध्यक्षमा प्रमिला गुरुङ र सदस्यमा सुशील गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
ईलाममा मंसिर २२ गतेदेखी २४ गतेसम्म भएको दोस्रो महाधिवेशन बाट गुरुङ महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको तमू युवा ह्युल छोंज धिं केन्द्रिय सदस्यमा सुशील गुरुङ निर्वाचित भएकाे तमू युवा ह्युल छोंज धिं केन्द्रिय कार्य समितिका महासचिव मनराज गुरुङले जानकारी दिनुभयो ।
३ बर्षे कार्यकाल भएको समितिको अध्यक्षमा भने तोरण गुरुङ, उपाध्यक्षमा सर्वजित गुरुङ, महासचिवमा मनराज गुरुङ, उप–महासचिवमा दिनेश गुरुङ चयन हुनुभएको छ । महाधिवेशनले प्रदेश प्रमुख तर्फ अर्जुन गुरुङ तमूवान र सुकमाया गुरुङ मगरात–थरुहट चयन भएका छन् ।
समितिको सदस्यहरुमा कृष्ण गुरुङ ईलाम, बिक्रम गुरुङ सुनसरी, विशाल गुरुङ प्युठान, अर्जुन गुरुङ रुपन्देहि र कृष्ण गुरुङ लमजुङ चयन भएका छन् ।