२५ मंसिर काठमाडौँ । आज सोमबार सुनचाँदीको भाउ सस्तिएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा झरेको छ । जसमा तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा नै एक हजार ३०० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
दुई दिनमा सुन तोलामा एक हजार ८०० रुपैयाँले घटिसकेको छ ।सोमबार चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ४१० रुपैयाँमा किनबेच हुँदैछ ।